क्वारेन्टाइन अनुगमन अब एप्सबाटै

कदर समाचार
२४ चैत, काठमाडौं । गृह मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिको अनुगमनका लागि कोबडी (अयदगममथ) नामक एप्स प्रयोगमा ल्याएको
छ । क्वारेन्टाइनबाट मानिस भाग्ने लगायतका समस्या देखिरहेका बेला एप्स ल्याइएको हो । यसले क्वारेन्टाइनमा बस्ने सबैको निगरानी गर्नेछ । उक्त एप्स जसले पनि प्रयोग गर्न सक्दैन । राज्यको निकायले जो–जो क्वारेन्टाइनमा बस्नुपर्छ भनेर तोकेको हुन्छ, ती व्यक्तिका लागि एप्स प्रयोग गरिन्छ । त्यसलाई एक्टिभेट गर्न विशेष कोड हुन्छ । आजदेखि काठमाडौँ, भक्तपुरमा, बाग्लुङ्, कञ्चनपुर र कैलालीबाट उक्त एप्स प्रयोग गरिँदैछ । एप्स प्रयोगमा आएपछि मानिस क्वारेन्टाइनबाट निस्कनेबित्तिकै सम्बन्धित कार्यालयमा सूचना प्राप्त हुने भएकाले तत्कालै एक्सनमा जान सकिने छ । एपबाट व्यक्तिको अनुहार स्क्यानिङ गरेपछि प्रवेशको अनुमति मिल्नेछ । मास क्वारेन्टाइनमा उक्त एप्स प्रयोग गर्दा अझै प्रभावकारी हुनेछ ।
क्वारेन्टाइनमा बसेका मानिस छाडेर अन्यत्र जाँदा अनुहार पहिचान गर्ने प्रविधिको सहयोगले तुरुन्तै प्रहरी वा स्थानीय निकायलाई खबर पुग्छ । आपत्कालीन अवस्थामा फोन नचल्दा पनि एपमार्फत सहयोग लिन सकिनेछ । आफूलाई ज्वरो आयो या कुनै समस्या भयो भने एप्सबाटै सन्देश पठाउन सकिनेछ । यसले स्थलमार्ग वा हवाईमार्गबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न पनि सहयोग गर्नेछ ।

उक्त एकीकृत सूचना प्रणाली ‘आफ्नो नेपाल’ नामक संस्थाको नेतृत्वमा स्मार्ट टेलिकम र प्रो–एमर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरी नेपाल सरकारलाई निःशुल्क सहयोग गरिएको हो । अयदगममथ एप्समा विशेष कोड नम्बर हालेपछि फ्रन्ट क्यामरा खोलेरभित्र प्रवेश गर्न सकिने आफ्नो नेपालका अध्यक्ष समीर पन्थीले जानकारी दिए ।
उक्त संस्थाले यसअघि माइती नेपाललाई सहयोग गर्ने गरी उपत्यकामा माइती क्याफे’ सञ्चालन गर्दै आएको छ । संस्थाले हराएका महिला खोजीका लागि ‘खोजी एप’ सञ्चालनमा छ । उक्त एकीकृत सूचना प्रणाली नेपालमा भित्र्याउन १० जना प्राविधिकले काम गरेका थिए ।
कोभिड–१९ का सूचना एउटै वेबबाट
यसैबीच, आजदेखि कोभिड–१९ का आधिकारिक सूचना एकै ठाउँबाट जानकारी लिन सकिने बनाइएको छ ।
यसलाई गृहमन्त्रालयले ‘कोभिड–१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली’ नाम दिएको छ । यसरी सूचना प्राप्त गर्न तपाईले एउटा वेबसाइट हेर्नुपर्नेछ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि उक्त वेब सञ्चालनमा ल्याएको हो । ब्राउजरमा गएर अयखष्मज्ञढ।लमचचmब।नयख।लउ लगइन गरेपछि त्यहाँबाट सबै सूचना प्राप्त गर्न सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।
वेबमा भएको ताजा विवरणअनुसार आजसम्म सङ्क्रमित आठ जना उपचारकै क्रममा छन् । एक जना उपचारपछि फर्किसकेका छन् । आज हजार १६६ जना क्वारेन्टाइनमा छन् । १३१ व्यक्ति आइसोलेसनमा छन् ।
उक्त वेबसाइटको गृहमन्त्री रामबहादुर थापाले लगइन गरेर सञ्चालनमा आएको घोषणा गरे । मन्त्री थापाले उक्त सूचना प्रणालीले विपद्को सामना गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।