बिरामी बचाउन अक्सिजन सहित पुर्व तयारी

२२ वैशाख, कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकाले अक्सिजन सहितको आईसोलेशन व्यड वडा नम्बर ४ को राँचुलीमा पुर्व तयारी गरेको छ ।
गत वर्षमा ल्याएको अक्सिजन सिलिन्डर प्रयोगमा ल्याउन नसकेपछि नगरपालिकामा रहेको सिलिन्डर यो वर्षको कोरोना संक्रमित बिरामीको लागि प्रयोग हुने भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चौलगाँईले जानकारी दिए ।
नगरपालिकाको वडा नम्बर ४ को राँचुलि स्वास्थ्य संस्थामा आईसोलेशन सहितको १४ वटा अक्सिजन सिलिन्डर राखेर पुर्व तयारिमा जुटेको उनले बताए ।

सामाजिक संञ्याल फेसवुकमा आईसोलेशन सहितको अक्सिजनका सिलिन्डर सार्वजनिक गर्दै नगर प्रमुख रत्नबहादुर शाहीले कोरोना लागेर जो कसैले पनि मृत्युु हुन नदिनमा आफुहरू लागेको बताएका छन । नागरिकको जिउधनको रक्क्षा सरकारले गर्ने भन्दै अझै सेवामा कमि हुन नदिने बताए ।