आज सेयर मूल्य ९ प्रतिशतले बढ्यो

२२ वैशाख, काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहको सवइन्डेक्स ओरालो लाग्यो । जसको असर नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ ।

समग्रमा सेयर बजार घटे पनि केहि कम्पनीहरुले भने निकै राम्रो कमाएका छन् । आज २ वटा कम्पनीको त १० प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ । यी दुई समेत १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
अर्थात १६ कम्पनीको सेयर मूल्य आज सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सबै भन्दा धेरै कमाउनेमा रिढी हाइड्रो पावर र रैराङ हाइड्रोपावर रहेको छ ।

आईपीओ सूचीकृतभएसँगै बढ्ने क्रम शुरु भएको महिला लघुवित्तको सेयर मूल्य पनि आज करिब १० प्रतिशतले बढ्यो ।
लामो समय कारोबार रोक्का भएर फुकुवा भएको विशाल बजारको सेयर मूल्य पनि हिजो अस्ति जस्तै आज पनि करिब १० प्रतिशतले नै बढ्यो ।