काठमाडौं मेडिकल कलेजमा कोरोना उपचार बेडका लागि एक रातको १० देखि ३० हजार सम्म शुल्क निर्धारण

२१ वैशाख, काठमाडौं । काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका संक्रमण बढ्ुन थालेपछि काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलले ५०० शय्याको कोभिड–१९ केयर युनिट सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय र अस्पतालबीच कोभिड केयर युनिट सञ्चालनसम्बन्धी सहमति भएको छ ।

सहमतिअनुसार सिनामंगलमा १५५ बेड तयार भएको छ । दुवाकोटमा ३०० बेड र बाँकी पिपुल्समा सञ्चालनन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले संक्रमितको उपचार निःशुल्क गर्नेछ र, त्यो खर्च सरकारले बेहोर्नेछ । सहमतिअनुसार सामान्य उपचारका लागि प्रतिदिन ३५००, मध्यम उपचारका लागि ७००० र गम्भीर उपचारका लागि १५ हजार रुपैयाँ सरकारले भुक्तानी दिनेछ ।

साथै अस्पतालले क्याबिन सुविधानमा भने थप शुल्क लिएर कोभिडका बिरामी राख्न पाउनेछन् । सहमतिको चौथो बुँदामा भनिएको छ, ‘कुनै पनि बिरामीले आफ्नै खर्चमा क्याबिन सुविधासहित उपचार गर्न चाहेमा अस्पतालले तोकिएको दररेटमा अधिकतम ५० प्रतिशत थप शुल्क लिन पाउने छ ।

यही सहमतिअनुसार अस्पतालले क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, डबल बेडको १० हजार, क्याबिन डिलक्सको २५ हजार र सुपर डिलक्सको ३० हजार शुल्क तोकेको छ । ‘हामीसँग ११ वटा यस्ता बेड छन्’ अस्पतालका अध्यक्ष डा. सुनिल शर्मा भन्छन्, ‘सरकारसँग भएको सहमतिअनुसार शुल्क तोकेका हौं ।’

हेर्नुहोस् विज्ञप्ति :