उपत्यकाबाट गाउँ फर्किनेहरुलाई अबदेखि सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने

२१ वैशाख, काठमाडौं । कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेहरुको क्रम बढेपछि अबदेखि सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने भएको छ ।

आज काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका बाहिर जानेसँग सम्बन्धित स्थानीय तहको सिफारिस माग गर्ने निर्णय गरेको हो ।

सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाएमात्र उपत्यका बाहिर जान सहजीकरण गर्ने निर्णय गरेको उपत्यकाका प्रशासन कार्यालयका एक अधिकारीले बताए ।

‘उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धतासहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिने’ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयमा भनिएको छ ।