नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिस डांडामा सुरु

२१ वैशाख, काठमाण्डौ । पछिल्लो राजनीतिक घटना क्रम र बैशाख २७ गते संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने बिषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक भरखर सुरु भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा अहिले ३ बजेका लागि बैठक बोलाइएको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने रणनीति भएपछि माओवादी केन्द्रले बैठक बोलाएको बुझिएको छ । सोमबार काँग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेर ओलीको विश्वासको मत दिने निर्णयबारे छलफल गरेका थिए ।