कालिकोटमा कोरोना संक्रमण दर बढ्दो क्रममा

२१ वैशाख, कालिकोट। पछिल्लो चरणमा देशैभरमा कोरोना संक्रमण बढ्न थालेपछि कर्णाली प्रदेशको कालिकोटमा कोरोना संक्रमितटको संख्या बढ्ने क्रम तिब्र गतिमा रहेको छ ।

हिजो सोमबार जिल्लाका ९ वटै स्थानिय तह र कोभिड अस्पतालमा गरिएको परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ । कालिकोटमा एक सातदेखि अत्याधिक रूपमा संक्रमण दर दैनिक २० देखि ३० जना सम्म तिब्ररूपमा बढिरहेको जनस्वास्थ्य कालिकोटले जनाएको छ ।

बैशाख ७ गतेदेखि हिजो वेलुकी सम्म कालिकोटमा जम्मा एकसय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० जना डिसचार्ज भईसकेका छन ।

संक्रमित कोभिड अस्पताल मान्म र स्थानिय तहका आईसोलेशनमा छन भने केही होम आईसोलेसनमा रहेका छन् । रास्कोट नगरपालिकामा आठ जनाको परीक्षणमा आठै जनामा कोरोना देखिएका छन् ।