राष्ट्र बैंकको नयाँ गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त

कदर समाचार
२४ चैत, काठमाडौं । कोरोना भइरसले महामारी सँगै १९ दिन रिक्त रहेको नेपाल राष्ट्र बैंकका नयाँ गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि केशवप्रसाद भट्टराइ, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।