कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेकोे संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समस्या

२० वैशाख, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यकामा शव व्यवस्थापनमा समेत समस्या हुन थालेको छ ।

संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ ।

हिजो नेपाली सेनाले ३१ वटा शव व्यवस्थापन गरेको थियो । आज दिउँसो २ बजेसम्म २७ वटा शव व्यवस्थापनका लागि अनुरोध आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए । उनका अनुसार वैशाख १६ गते २३ तथा १७ र १८ गते २६÷२६ जनाको शव व्यवस्थापन गरिएको थियो ।