बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु

२० वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिक कलेजमा दुई जना र भेरी अस्पतालमा एकजना गरी तीन जनाको मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेजमा बाँकेको कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–५ की ३३ वर्षीया महिलाको मृत्यु भएको बताए ।

६० वर्षीय पुरुषमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि वैशाख १६ गते अस्पताल भर्ना भएकी ३३ वर्षीया महिलामा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो ।

खजुरा गाउँपालिका–७ बाँकेकी ३२ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान ९ः३० बजे मृत्यु भएको हो ।