प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै ।

अहिले ३ः३० बजे कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पछिल्ला केहीदिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ र स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने भनिसकेको छ । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

त्यस्तै सत्ता स्वार्थले महामारी नियन्त्रणको विषय ओझेलमा परेको टिप्पणीहरु पनि भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको विशेष अधिवेशन आह्वान गरेकी छन् ।

यसै सन्दर्भमा प्रधानमन्त्रीले समसामयिक राजनीति र कोभिड–१९ का विषयमा सम्बोधन गर्न लागेका हुन् ।