शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त बदरको माग गर्दै विपक्षी दलहरुद्धारा प्रिदेश प्रमुखको कार्यालय घेराउ

१९ वैशाख, बुटवल । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् ।

प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको हो ।

पछिल्लो समय एमालेका तीन सांसदले राजीनामा दिइसकेका छन् । जसका आधारमा एमालेसँग अब ३७ संसदमात्र बाँकी छन् । उता, विपक्षी गठबन्धनले ४० सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष सरकार गठनको दावी गरेको छ ।