चिनको बुआन शहरबाट उत्पति भएको कोरोना भाइरसले आज विश्वभरी नै फैलि सकेको छ । त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ । यसैको मध्यनजर गर्दै नेपाल सरकारले करिब दुई सातादेखि लकडाउन गरेको छ र फेरि पनि एक साता गर्ने तयारीमा रहेको बेला कर्णाली प्रदेशको पहाडी जिल्ला कालिकोटको पचालझरना गाउँपालिकाले कोरोना भाइरसलाई पालिकामा फैलिन नदिन र त्यसको रोकथामको लागि के कस्तो उपायाँ अपनाएको छ त यस बारेमा सो गाउँपालिका अध्यक्ष खड्कराज सेजुवाल सँगको कुराकानी को अशं यहाँ प्रस्तुत गर्दछौं ।
हलकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ?
संसारको शक्तिशालि मानिने साम्राज्यवादी राष्ट्र अमेरिका र संसारमै आर्थिक उन्नति तिब्र रुपले विकास गरिरहेको मुलुक चिनदेखि विश्वभरिका मै हुँ भन्ने देशहरुमा कोरोना आंतक मच्चीरहेको छ । यो परिबेश मानवजातीमाथी नै प्रहारको परिबबेश हो । आज हाम्रो देश मात्र होइन विश्व नै कोरोना नियन्त्रण कसरी गर्ने भन्ने चिन्तामा छ ।
आफु बचौ र अरुलाई बचाउको नारामा रहेर लकडाउन अथवा संकटकालिन अवस्था पार गरिरहेका छौँ । हाम्रो जस्तो मुलुक विकट गाउँ बस्तीका जनप्रतिनिधी, स्वास्थ्यकर्मी र आम जनसमुदायमा सचेत र सजक हुँदै यसलाई कार्यान्वयन गर्नु एक मात्र जिम्मेवारी हो भन्ने ठान्दछु । तसर्थ गाउँपालिका आम जनसमुदायसगँ जोडिएको सरकार हुनको नाताले प्रत्यक्ष समुदायसँग जोडिएर जिम्मेवारी पुरा गरिरहेका छु । यहि जिम्मेबारी पुरा गर्न टिमबद्ध अहोरात्र खटिरहेको छौँ ।
सम्भावित खतराबाट गाउँपालिकालाई सुरक्षित राख्न के के तयारी गर्नुभएको छ ?
आजको यूग विषम परस्थीतिको युग हो । हामी र हाम्रो पहिलो र मुख्य तयारी भनेकै “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु बेस” भन्ने भनाई कार्यान्वयन गर्नु हो । औषधी उपकरण र दक्ष स्वाथ्य कर्मीको जटीलता आफ्नो ठाउँमा छन । तर पनि छातीको भरमा जे जस्तो परिस्थीति आउछ सामना गरेर जानका निम्ती स्वास्थ्यकर्मी तयारी अवस्थामा हुनुहुन्छ ।
मानसिक रुपले तयार अबस्थामा छौँ नै भौतिक हिसाबले पनि लागि परेका छौँ । सुरुवातदेखि हाम्रो प्रवेशद्धारा भात्तर्डीमा हेल्थ डेस्क राखेर सुरु गरिएको अभियान गाउँ गाउँमा सामुदायलाई सचेतना नै मुख्य कुरा हो भन्ने सोचका साथ वडा अध्यक्षको नेतृत्वमा स्वस्थ्यकर्मी कर्मचारी प्रत्येक घरघरमा पुगि भेटघाट छलफल र साबुन वितरण गरियो ।
दोस्रो चरणमा मास्क वितरण सहित भेटघाट र लकडाउनको अर्थ
बुझाइयो । हरेक वडाको कुनै एक विद्यालयलाई ४ र ५ शैयासम्मको क्वरान्टाइन निर्माण गरिएको छ । जुन कार्यले केही पनि हुदैन यस्तै हो चाल भन्ने समुदाय सचेत र सर्तक हुन सुरुवात भएको छ । भने हामी केहि समयभित्रै गाउँपालिकालाई पुर्ण सरसफाई युक्त गाउँपालिका घोषणा पनि गर्दैछौँ । रोगसंग लड्न सरसफाइ हुनुपर्छ सरसफाइ बिना स्वस्थ जिवन संभब छैन भन्ने परेको छ । यसोत लकडाउनलाई पुर्ण कार्यन्वयन गर्दै तत्कालका लागि टोलगाउँ र वडामा सूचना टासँगरी भेटघाट हिडडुल छालफल भोज भतेड बिकासी काम पनि बन्द गराइको छ ।
तपाईको गाउँपालिकामा अहिलेसम्म भारत वा अन्य मूलक गएका कति फर्के र उनीहरुलाई कहाँ र कसरी ब्यवस्थापन गर्नु भएको छ ?
छिमेकी मुलुक भारतबाट आएका हाम्रो गाउँपालीकामा बच्चाबच्ची सहित १३ जना रहेका छन । ति सबै हामीले सूचना प्रकाशित गर्नुभन्दा पहिलै घरमा बसीसकेकाले त्यो घरपरिवारलाई नै गाउँघर छरछिमेकमा भेटघाट गर्न नदिएर बसालिएको छ । होस क्वारेन्टाइनका रूपमा बसालेका
छौँ । अन्य बाहिरी मुलुकबाट यो बिचमा कोहि कत्तिपनि आएका छैनन । पछिल्लो सरकरको निर्देशन अनुसार प्रबेशमा कढाइ गरेका छौँ ।
यदि यहि अबस्थामा लकडाउन लम्बीयो भने खाद्यान्न अभाव हुन सक्छ, कसरी व्यवस्थापन गर्ने सोच्नु भएको छ ?
स्थीति लम्बीदै गयो भने स्वभावैले खाद्यान्न संकट हुनसक्छ । त्यसैले खाद्यान्न आपुर्ति व्यवस्थापन पुर्णरुपले गर्न खोजिएको छ । पहिले गाउँघरमा कसको घरमा कुन अन्न कति छ अध्ययन गर्दै बाहिर नबेच्न अनुरोध गरिएको छ । अन्तीममा समास्या पर्ने देखिए सबै एकैठाँउ केन्द्रित गर्ने र समुदायलाई बर्गिकरण गरि दिने सोच छ । संभवतः बर्गिकरण गरेर बाड्ने योजना रहेको छ । दोस्रो बाहीरबाट आउने खाद्यान्न हो नजिकका होलसेल खाद्यान्न बिक्रेतालाई चामल ल्याउन लगाई जम्मा गर्न लगाईएको छ । बाहीर समेत नेपागन्ज तिरको खाद्य स्टोरसगँ कुरा गरी यहाँसम्म सप्लाई गर्न व्यवस्थापन समेत मिलाइएको छ ।
अल्पकालिन हिसाबले समास्या टरे पनि दिर्घकालिन हिसाबले हामी गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने योजनामा छौँ । कृषी प्रधान देशको मेरुदण्ड कृषि नै भएकोले अब गाउँपालिकालाई पुरा हिसाबले कृषिमा आत्मनिर्भर बनाउनुपर्छ भन्ने मान्यता सहित अभियान सुरुवात गर्ने योजनामा छौँ ।
धेरैजसो स्थानीय तहमा लकडाउनको पालना नभएको कुरा आइरहेका छन, यहाँकोमा कस्तो छ ?
लकडानको कडाईका साथ पालना गरिरहेका छौँ । सूरुमा सामान्यकरण गरेर पालना गर्न आनकानी गरे पनी अहिले संसारभरी फैलिएको आंतक समाचार सम्पेषण रेडियो,टिभि, पत्रपत्रीका,अनलाइन र सामाजिक संजालयद्धारा भएको प्रचारले पनी सबै गम्भीर तथा चिन्तीत भएका छन ।
यसर्थ हिजोआज हरेक टोलका युवाहरु पचिालन गरेर आफ्ना टोल प्रतिवन्द गर्न लगाएका छौँ । नयाँ प्रबेशीलाइ रोक लगाएका छौँ ।हामी बाहीर कतै जाने छैनौ, तपाइहरु पनी हाम्रोगाउँ टोलमा नआइदिनु होला भन्ने सूचना टाँस गरी टोलगाँउ र वडा लकडाउन सुचना टासिएका छन। माइकीङ गरिएको छ । हरेक पुल गाउँघरका बाटाहरु युवाहरुको डियुटी राख्ने गरिएको छ । यि सबै प्रकृया हेर्दा लकडाउनलाई कडाइका साथ लागु गरिएको छ भन्न सकिन्छ ।
यसर्थ हिजोआज हरेक टोलका युवाहरु पचिालन गरेर आफ्ना टोल प्रतिवन्द गर्न लगाएका छौँ । नयाँ प्रबेशीलाइ रोक लगाएका छौँ ।
हामी बाहीर कतै जाने छैनौ, तपाइहरु पनी हाम्रोगाउँ टोलमा नआइदिनु होला भन्ने सूचना टाँस गरी टोलगाँउ र वडा लकडाउन सुचना टासिएका छन। माइकीङ गरिएको छ । हरेक पुल गाउँघरका बाटाहरु युवाहरुको डियुटी राख्ने गरिएको छ । यि सबै प्रकृया हेर्दा लकडाउनलाई कडाइका साथ लागु गरिएको छ भन्न सकिन्छ ।
राहत बितरणदेखि स्वास्थ्य सेवाको कामलाई कसरी प्रभावकारी बनाउदै हुनुहुन्छ ?
खासमा हाम्रो गाउँपालीकामा सर्वहारा केही नभएका मजदुरहरु नै छैनन । तर निम्न गरिब किसान भने छन । तसर्थ हरेक वडाको गहिरोसँग अध्ययन गरी राहतलाई व्यवस्थीत गर्ने सोचिएको छ । बरु हामीले उद्धार गर्नुपर्ने गाउँपालीका भन्दा बाहिर कामको खोजीमा गएर अहिले अलपत्र परेकाहरुलाई कसरी गर्ने भन्ने चिन्ताको विषय बनेको छ ।
देशभित्र मोरङ, भोजपुर, नुवाकोट, भक्तपुर,सिन्धुली र काठमाडौ लगायतका बाहिर जिल्लामा गई अलपत्र परेकालाई तत्काल सबन्धीत स्थानीय तह वडाहरुसगँ सम्पर्क गरी व्यवस्थापन गर्न अनुरोध गरेका छौँ । करीब १०० जनाले बाहीरबाट सम्पर्क गरेका छन । दोस्रो सवाल पालीकामा उपचारको व्यवस्थापन अहिले हरेक वडामा स्वस्थ्यकर्मी मात्र होइन, जनप्रतिनिधीका हातमा समेत थर्म्मिटर दिइएर खटिइएको छ । हरेक टोल, बस्तीमा पुगेर कहाँ कुन अवस्थामा छन,बिरामी के छ हरेक साँझ बिहान चेकजाँच गर्ने मिलाइएको छ । निरन्तर साँझबिहान रिपोटिङ गर्ने गरिएको छ । गम्भिर खालको बिरामी रिफर मान्म हुदै सुर्खेत लैजाने एम्बुलेन्स एर्लटमा राखिएको छ भने अन्य यही समस्याको समाधान गर्दै उपचारको विधी अबलम्बन गरिएको छ ।
कुसे न्यूजबाट साभार