को बन्ला राष्ट्र बैंको गर्भनर, तिनै जना बलिया उम्मेदार

अहिले सिफारिस भएका तीनै जना उस्तै दाबेदार भएका कारण अब प्रधानमन्त्रीले जसलाई चाह्यो, त्यही व्यक्ति मुलुकको १७ औं गभर्नर बन्नेछन् ।

कदर समाचार
चैत्र २४, काठमाडौं । कोरोना भाइरसका कारणाले नेपालमा सरकारले लकडाउन गरेको आज १४ दिन भयो तर पनि अझै एक साता लम्बाउने तयारीमा छ सरकार । तर यही समयमा नेपाल राष्ट्र बैंकको गभर्नर पद पद खाली भएको १९ भइसकेको छ । तर आज सोममार नियुक्तिका लागि सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बास्कोटा सम्मिलित सिफारिस समितिले नयाँ गभर्नरका लागि डा. राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।
राष्ट्र बैंक ५ चैतदेखि कायमु कायमका भरमा छ । गभर्नरको कार्यकाल सकिनु एक महिनाअगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भए पनि सरकारले डेपुटी गभर्नर सिवाकोटीलाई कामु दिएर बसेको थियो । सोमबारको सिफारिसपछि भने अब राष्ट्र बैंकले नेतृत्व पाउने पक्का भएको छ । अर्थमन्त्रालय श्रोतअनुसार सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्ति गर्नेछ ।
डा. चिरञ्जीवि नेपालको ५ वर्षे कार्यकाल पूरा हुनै लाग्दा राष्ट्र बैंकको गभर्नरका लागि आकांक्षीहरुको ताति नै थियो । आधा दर्जन बढी आकांक्षीहरु मध्येबाटै समितिले ३ जनाको नाम सिफारिस गरेको छ ।

सिफारिसमा परेका तीनै जना बलिया दाबेदारका रुपमा हेरिएका व्यत्तिः
हुन् । यसकारण पनि अहिले यो नै व्यक्ति गभर्नर बन्छ, भनेर ठोकुवा गर्ने अवस्था भने छैन ।
तिनैजना बलिया दाबेदार
सिफारिसमा परेका तीनैजना बलिया दाबेदार
हुन् । यस अघि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा अर्थमन्त्री डा. रामशरण महतले ३ जनाको नाम सिफारिस गरेका थिए । जसमा दुईजना डेपुटी गभर्नरद्वय महाप्रसाद अधिकारी र महेश काफ्ले परेका थिए । अर्का व्यक्ति भने कोइरालाकै तत्कालीन आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपाल
थिए । दुईजना कमजोर दाबेदार भएका कारण नेपाल गभर्नर हुन्छन् भन्ने नियुक्तिअगावै चर्चा चलेको थियो ।
योपटक भने अवस्था फरक छ । सिफासिरमा परेका कामु गभर्नर सिवाकोटी नेकपामा पनि पूर्वएमाले निकटका व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकै नजिक देखिने उनी गभर्नरका लागि ठूलै कसरत गरिरहेका छन् ।
अन्यका तुलनामा उनलाई बलियो दाबेदार मानिएको थियो । यसको प्रमुख कारण भने डा. राजन खनाल हुन् । डा. खनाल अर्थमन्त्रालयको सचिव हुँदा नै गभर्नर बनाउन अर्थमन्त्रीले चाहेका छन्। अहिले सिफारिस भएका तीनै जना उस्तै दाबेदार भएका कारण अब प्रधानमन्त्रीले जसलाई चाह्यो, त्यही व्यक्ति मुलुकको १७ औं गभर्नर बन्नेछन् ।