लकडाउनको फाइदा उठाउदै तरकारी पसले हरु, चौ गुणा फाइदा लिदै

कदर समाचार
चैत्र २४, काठमाडौं । कोरोना भाइरसका कारणले नेपालमा सरकारले लकडाउन गरेको आज १४ दिन भयो तर पनि अझै एक साता लम्बाउने तयारीमा  छ सरकार । तर यहि बेला तरकारीका खुद्रा व्यापारीले आफूखुसी मूल्य तोक्ने गरेका छन् । यस्तो अवस्थामा सरकारी अनुगमन नहुने र सरोकारवाला र सार्वसाधारणहरुले समेत आवाज नउठाउने भएपछि उनीहरूले चार सय प्रतिशतसम्म नाफा राखेर तरकारी बेचिरहेका
छन् ।
कालिमाटी फलफूल तथा तरकारी बजारको थोक मूल्य हर्ने हो भने दिन प्रतिदिन तरकारीको मूल्य घटेको छ । तर उपभोक्ताले भने तरकारीको मूल्य दिनदिनै बढी तिर्नु परेको छ ।
आज सोमबार कालिमाटी बजारमा सेतो मुलाको थोक मूल्य औसत १२ रूपैयाँ किलो छ तर उपभोक्ताका लागि भने चाबहिलको तरकारी बजारमा ४० देखि ५० रूपैयाँ तोकिएको छ ।
चर चाबहिल तरकारी बजारमा भीड नहोस् भनेर भुइँमा कोठैकोठा बनाइएको छ । बजार समितिले साँझमा अनावश्यक मानिसको बजारमा भीड लाग्यो भनेर आजबाट बिहान ५ देखि ७ बजेसम्म पसल सञ्चालन गर्न दिइएको छ । त्यहाँका अधिकांश व्यापारीले कालामाटीबाटै तरकारील ल्याउने गर्छन् । तर उपभोक्ताले तिर्नुपरेको महंगो शुल्कबारे भने व्यवस्थापन समितिले चासो देखाएको छैन ।

कालिमाटीमा तराई गाजर, डल्लो फर्सी, लाम्चो भन्टा, बन्दा, काउली, सीमी प्रतिकेजी २० रूपैयाँ छ तर उपभोक्ताका लागि भने ४० देखि ५० रूपैयाँ तोकिएको छ । कालिमाटीको थोक मूल्य हरियो खुसार्नी ७५ देखि ८५ रूपैयाँ किलो छ। उपभोक्ताका लागि भने पाउको ५० देखि ६० रूपैयाँ छ। डल्ले च्याउ कालिमाटीमा डल्ले च्याउ २ सय ५० रूपैयाँ छ तर उपभोक्ताका लागि ४ सय ५० तोकिएको छ । यो त ठूलो बजार मूल्य हो । जति भित्री क्षेत्र गयो उपभोक्ताले उति नै महंगो मूल्य तिर्नुपर्छ ।
चाबहिलको तरकारी बजारमा गोलभेडा ५० रुपैयाँ किलो छ तर बाँनियाटारको तरकारी बजारमा ६० देखि ७० रुपैयाँ किलो छ ।
गाजर, डल्लो फर्सी, लाम्चो भन्टा, बन्दा, काउली, सिमी प्रतिकेजी चाबहिलको तरकारी बजारमा ४० देखि ५० रूपैयाँ छ भने बाँनियाटार क्षेत्रमा ५० देखि ६० रूपैयाँ छ । तर सार्वसाधारणले भने चर्को मुल्य तिरेर खरिद गर्नु परेको छ ।