एमाले माधवकुमार नेपाल समूहको निर्णय : पार्टी एकताको आह्वान सहित स्पष्टीकरणको प्रतिवादसहित जवाफ भोलि नै दिने

८ वैशाख, काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहको आज दिउँसो बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टी एकताको आह्वान गर्दै अपिल जारी गर्ने भएको छ ।

बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर भोलि अपिल जारी गर्ने निर्णय समेत गरेको छ ।

पार्टीभित्रको विवाद कसरी र कसको कारणले सिर्जना भयो भन्ने पनि अपिलमा उल्लेख गरिनेछ ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको प्रतिवादसहित जवाफ भोलि नै दिने निर्णय पनि गरेको छ । एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले हिजो मंगलबार मात्र माधव नेपाल समूहका २७ सांसदलाई सांसद सांसद पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधेका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद पदबाट हटाउन खोजेको भन्दै नेपाल समूह सर्वोच्च अदालत पनि गएको छ ।