९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट गणतन्त्र स्थापनामा योगदान गरेको भन्दै १५ जनालाई ‘गणतन्त्र सेनानी’बाट सम्मान गर्दैछ । सम्मानित हुनेहरुमा शहीद तथा बेपत्ता परिवार, घाइते/अपाङ्ग र तत्कालीन चार डेपुटी कमाण्डरहरु छन् ।
माओवादी जनयुद्धमा नन्दबहादुर पुन ‘पासाङ’, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’ र चन्द्रप्रकाश खनाल ‘बलदेव’ डेपुटी कमाण्डरको भूमिकामा थिए । पासाङ दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए भने अरु तीन जनाले मन्त्री पद पाएका थिए ।
माओवादी जनयुद्धमा योगदान पुर्याएकाहरुलाई सम्मान गर्ने उद्देश्यले सरल सहयात्रीको अध्यक्षतामा ‘गणतन्त्र सेनानी कोष’ बनाइएको छ । त्यही कोषले आज पहिलोपटक सम्मान कार्यक्रम गर्न लागेको हो ।