ओलीद्धारा माधव पक्षीय २७ सांसदलाई स्पष्टीकरण

७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षीय २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष ओलीले आज मंगलबार माधवकुमार नेपाल समूहमा रहेका २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेका हुन् ।

नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको गरेको भन्दै उनले पठाएको पत्रमा सोधिएको छ, तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? आधार कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।

पत्रमा यस्ता गतिविधि कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनी दिइएको छ ।