ग्रिनवुडको दुई गोलमा म्यानचेस्टरले बर्नलीलाई हरायो

बर्नलीलाई ३–१ ले हराउँदै इंलिस प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंकदूरी ८ अंकमा झारेको छ । सिटीले ३२ खेलबाट ७४ र युनाइटेडले ६६ अंक जोडेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा दुबै टोली आक्रामक देखिएका थिए । मेसन ग्रिनवुडले ४८ औं मिनेटमा मार्कस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । तर दुई मिनेटलगत्तै एस्ले वेस्टउडको पासमा जेम्स टार्कोस्की बर्नलीलाई बराबरीमा फर्काए ।

पाउल पोग्बाले मिलाईदिएको पासमा ग्रिनवुडले ८४ औं मिनेटमा युनाइटेडलाई फेरि अर्को अग्रता दिलाए । त्यसयता दबाबमा देखिएको बर्नलीविरुद्ध एडिसन काभानीले इन्जुरी समयको अन्त्यमा गोल गरे । प्रिमियर लिगमा ३२ खेलबाट ३३ अंक बटुलेको बर्नली १७ औं स्थानमा छ