आज एकै दिन १०९६ जनामा कोरोना भाइरस संक्रमण

५ वैशाख, काठमाडौं । नेपालमा गएको २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् ।
आजै २६२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।