कर्णालीमा एमाले सांसदलाई ह्विप जारी

३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा आज त्यहांका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिदैछन् । आजै विश्वासको मतदान हुने भएकाले अहिलेका मुख्यमन्त्री विरुद्ध मतदान गर्न एमालेले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

कर्णाली प्रदेश एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख समेतक गुवालजंग शाहले बताएका छन् ।

‘बैठक जारी छ, बैठकले मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गर्ने निर्णय गरेको छ,’ प्रमुख सचेतक शाहले भने ।

बिहान ११ बज देखि बसेको एमाले संसदीय दलको बैठक जारी नै छ । बैठक सकिएलगतै सबै सांसद २ बजे प्रदेश सभाको बैठकमा सहभागी हुनेछन् । दलको बैठकमा एमालेका सबै सांसद सहभागी भएको प्रमुख सचेतक शाहले दाबी गरे ।

आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ । ३९ सदस्य रहेको कर्णालीमा २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लागेका
हुन् ।