३ वैशाख, काठमाडौं । हिजो राती आएको हावाहुरी संगै परेको चट्याङका कारण तीनजनाको मृत्यु र चारजना घाइते भएका छन् । चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा गरी ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका–८, निगुरेकी ६० वर्षीया महिला, तेह्रथुमको छथर गाउँपालिका–६, असिनेकी ९ वर्षीया किशोरी र बागलुङको ताराखोला गाउँपालिका–२, सेलेखोलाका ४५ वर्षीया महिला छिन् । उनीहरुमध्ये दुईजना घरमै र अर्का एकजना चाहिँ गोठमा जाँदै गरेका वेला चट्याङ्ले लागेको थियो ।
विपद व्यवस्थापन तथा न्यूनिकरण प्राधिकरणका अनुसार तेह्रथुममा १६ र १३ वर्षकी दुई बालिका, ताप्लेजुङमा ५० वर्षीया महिला र बाग्लुङमा एक ४५ वर्षीया महिला घाइते छन् ।