प्रधानमन्त्री ओलीले भोलि बिहान बोलाए सर्वदलीय बैठक

३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शनिबार सर्वदलीय बैठक बोलाएका छन् ।

कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी भोलि विहान ११ बजे सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने बताइएको छ ।