संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न निर्णय

३ वैशाख, काठमाडौं । पछिल्लो चरणमा काठमाण्डौ उपत्यका लगायत अन्य केही जिल्लामा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् ।

काठमाडौँ महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो ।