Breaking News

कोशी अस्पतालमा कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु

३० चैत्र, विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको छ । हिजो राति झापाको दमकका ९२ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अन्य चारजना सदस्यसहित वृद्ध गत चैत्र २५ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र भर्ना भएका थिए ।
सुगरका रोगी वृद्धको उपचारका क्रममा हिजो राति १२ बजेतिर मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतले बताए । वृद्धको शव आफन्तको जिम्मा लगाइएको छ ।

कोशी कोभिड–१९ अस्पतालमा हाल २ जना कोरोना संक्रमित उपचाररत छन् । करिब दुई महिना अस्पताल सुनसान बनेको थियो । कोरोनाको दोस्रो लहर शुरु भएसँगै अस्पतालमा विरामी धेरै आउन थालेका छन् ।