पदमुक्त भएका ४ मन्त्रीले पुनः पद तथा गोपनीयताको शपथ लिए

२७ चैत्र, काठमाण्डौ । नेकपा माओवादीले सांसद पद खोसेर पदमुक्त भएका पाएका ४ मन्त्रीले आज साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् ।

नेकपा एमाले प्रवेश गरेपछि यी चारैजना मन्त्रीलाई माओवादी केन्द्रले पार्टीबाट निश्कासन गरेको थियो । बिहीबार उनीहरु पार्टीबाट निश्कासित भएको सूचना संसदमा सभामुखले वाचन गरेपछि उनीहरु सांसद पदबाट पदमुक्त भएका थिए र सँगै मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।

पदमुक्त भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई मन्त्री नियुक्त गरेकी हुन् । अब उनीहरु ६ महिनासम्म मन्त्री पदमा रहन सक्छन् ।