गगन थापाद्धारा प्रधानमन्त्री ओलीलाई संसदमा आएर बहसमा आउन चुनौती

२६ चैत्र, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने क्रममा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री ओलीलाई संसदमा बहसमा आउन चुनौती दिएका छन् ।

सांसद थापाले भने सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए । उनले अघि भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।