नेपाल पत्रकार महासंघ ललितपुरमा सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको २६औं नेतृत्व चयनका लागि हिजो निर्वाचन सम्पन्न भएको छ । काठमाण्डौ उपत्यकाको दोस्रो ठूलो जिल्ला ललितपुरको चुनावबाट सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी भएको छ । अध्यक्ष न्यौपाने प्रेस संगठनबाट उठेका थिए ।

अद्दपी मत परिणामको औपचारिक घोषणा हुन बाँकी रहेता पनि मत परिणाम घोषणाको अन्तिम तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।
हिजो सम्पन्न भएको देशैभरको चुनावको मतगणना गन्ने क्रम पनि जारी छ ।