काठमाण्डौ शाखाको चुनावी मैदानमा लोकप्रियता देखिएको फोटो

२५ चैत, काठमाडौँ । नेपाल पत्रकार महासंघको २६औं नयाँ नेतृत्व चयनका लागि आज दशैभर एकै चरणमा केन्द्र, प्रदेश, उपत्यका र जिल्लाको चुनाव शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । मुलुकभरका करिब १३ हजार १ सय २२ पत्रकार मतदाताले आआफ्नो क्षेत्र र जिल्लाबाट नयां नेतृत्व चयनका लागि आफ्नो अभिमत खसालेका छन् । देशैभरी मध्ये सबैभन्दा बढी मतदाता संख्या १४७८ रहेको काठमाडौँ जिल्लाको मतदान केन्द्र काठमाण्डौको कमलादीस्थित प्रज्ञाभवनमा आज बिहान ८ बजेदेखि बेलुका साढे ५ बजेसम्म मत खसाल्नेको बाक्दो सहभागिता थियो ।

काठमाडौँ शाखाका पत्रकारलाई मतदान केन्द्र तोकिएको कमलादीमा हरेक प्रकारका पत्रकारहरुको जमघट भने भिन्नभिन्न प्रकारको थियो । धेरै किसिमका पत्रकारहरुको जमघट रहने काठमाडौँ शाखामा यो पटकको चुनावमा भिन्न प्रकारको रौनक देखिन्थ्यो ।

आजको काठमाण्डौ शाखाको चुनावी मैदान प्रज्ञाभनमा मुख्यतय विपुल पोखरेल नेतृत्वको प्यानल र निर्मला शर्मा नेतृत्वको प्यानबीच प्रतिस्पर्धाको चर्चा चुलिएको देखिन्थ्यो । त्यसमा विपुल नेतृत्वको प्यालनका पत्रकारहरुको समूह ज्यादै उत्साहित, रौनक र खुशीका साथ नाराबाजी का साथै प्यानलका पदाधिकारीहरु लागि भोट माग्ने र उम्मेदवारलाई चिनाउने क्रम व्यापक नै देखिन्थ्यो । त्यसमा बढी मात्रामा विपुल नेतृत्व प्यानलका केन्द्रीय कोषाध्यक्षका उम्मेदवार कलेन्द्र सेजुवालको पक्षमा व्यापक प्रचारबाजी भएको देखिन्थ्यो । सेजुवालको पक्षमा पोष्टर, पम्पलेट, हाते कार्ड र कोर्ड नम्बरबाट उहांको पक्षमा भोट माग्नुका साथै केन्द्रीय कोषाध्यक्ष पदमा बिजय गराउनका लागि भोट खसाल्ने तत्परता देखाइरहेको देखिन्थे काठमाण्डौ शाखाका पत्रकारहरु ।

सेजुवाल विगत २२ वर्ष देखिएको पत्रकारिता क्षेत्रबाट श्रमजिवी पत्रकारहरुको हकहितका लागि पत्रकारको कलम चलाउंदै आएका एक कुसल र असल खोजी पत्रकार जो केन्द्रीय कोषाध्यक्षका उम्मेदावार रहेका उनको पक्षमा उल्लेख्य हुटिङ र भोटिङको रौनकले कमलादी जुरुक्क नै उठेको देखिन्थ्यो । पत्रकारहरुले कोषाध्यक्ष पदका उम्मेदवार कलेन्द्र सेजुवालको पक्षमा भोट माग्नुका लागि उनको फोटो सहितको प्लेकार्डलाई हातबाट माथि उठाएर बिजयको सुनिश्चिता झल्काई रहेको देखिन्थ्यो । कर्णाली क्षेत्रबाट पत्रकारिता क्षेत्रलाई कर्मथलो बनाएर सबै तहका पत्रकारका मनमा बस्न सफल सेजुवाल आज काठमाण्डौ शाखाका पत्रकारहरुको मनमा समेत बस्न सफल भएका छन् ।

नेपाल पत्रकार महासंघको यसपटकको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणाली लागू भएर पनि होला, भोट हाल्न अन्यौलता र झन्झटिलो समेत भएको देखिन्थ्यो । चार वटा मतपत्र र त्यसमा धेरै प्रकारका समावेशी तथा महासंघको नयाँ नेतृत्वका लागि उठेका कतिपय उम्मेद्वार चिनेर भोट हाल्न झन्झटिलो थियो ।

काठमाण्डौ शाखाको मतदान केन्द्र कमलादीमा मत खसाल्नेको ठूलै लाम चलिरहेको थियो भने बीचबीचमा उम्मेदवारलाई भोट माग्ने र हुटिङ गर्नेको पनि ओहोरदोहोर चलिरहेको थियो । त्यसमा केन्द्रीय तहका उम्मेद्वार मतदान स्थलमा देख्दा उनको समर्थकमा नारा र प्रचारबाजी खुबै घनकिन्थ्यो । तर उम्मेदवारका प्रर्चा, पम्पेलेटले भने कमदाली झकिसजाउ मात्र नभर प्रचार सामाग्री यत्रतत्र झरिएर फोहोर नै देखिन्थ्यो ।

जे होस आजको पत्रकार महासंघको चुनाव शान्तिपूर्ण रुपमा सकिएको छ । पत्रकारहरुले नेपाल पत्रकार महासंघको नयां नेतृत्व चयनका आफ्नो अमूल्य मत समेत खसालेका छन् ।