सेन्सेटिभ इन्डेक्स बढयो भने नेप्से झिनो अंकले घट्यो

२५ चैत्र, काठमाडौं । आज सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने केही सुधार देखिएको छ । नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २ हजार ६ सय ७१ दशमलव ६१ अंकमा आइपुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.६२ अंकले बढेर ४ सय ७६ दशमलव ८० अंकमा रोकिएको छ ।

समूहगत इन्डेक्सहरु धेरै जसो घटेका छन् । व्यापार समूह १६३ अंकले घटेको छ घने जलविद्युत् ३३ दशमलव ०३ अंकले घटेको छ । निर्जिवन बीमा समूह, उत्पादन मूलक जीवन बीमा र लगानी समूहमा रहेको कम्पनीहरुको पनि सेयरको मूल्य घटेको छ ।

बैंकिङ समूहको सबइन्डेक्स भने ५ दशमलव २३ अंकले बढेको छ भने होटल तथा पर्यटन २३२ दशमलव ६४ अंकले उकालो लागेको छ । विकास बैंक ४० दशमलव ५२ अंकले उकालो लाग्दा लघुवित्त १०७ दशमलव ४४ अंकले बढेको
छ ।