आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

२५ चैत्र, काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

आज बिहान ९ बजेतिर स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताएका छन् ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उनले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी जानकारी गराएको छ ।