२४ चैत्र, काठमाडौं । एमालेमा प्रवेश गरेको १८ दिनमै व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति उपहार प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले हिजो मोरङका किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले बताएका छन् ।
नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त गरिएको सचिवालयले जानकारी गराएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रधानसहितका उद्योगी–व्यवसायी मा एमाले चैत्र ६ गते प्रवेश गरेका थिए । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए ।