पछिल्लो २४ घण्टामा १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२२ चैत्र, काठमाण्डौ । नेपालमा देशभरमा २४ घण्टामा १७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये थप ११७ जनासहित हालसम्म २ लाख ७३ हजार २४० जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमतिको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६७२ रहेको मन्त्रालयले जनाएको छ ।