लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित भएर पार्टी परित्याग गरेका दुई सांसदलाई पदबाट हटाउन अध्यक्ष ‘प्रचण्ड’ पत्रचार

२२ चैत्र, काठमाण्डौ । लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित भएर पार्टी परित्याग गरेका दुई सांसदलाई पदबाट हटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेश सरकारलाई पत्रचार गरेका
छन् ।

माओवादी केन्द्र परित्याग गरेका सांसद न्यौपाने र पन्थीलाई यसअघि माओवादी केन्द्रले स्पष्टिकरण सोधेको थियो । न्यौंपाने र पन्थीले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीले दुबै जनालाई पदबाट हटाउनका लागि प्रदेश सरकारलाई पत्राचार गरेको हो ।

प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित रूपन्देहीका न्यौपाने र गुल्मीका पन्थी नेपाल कम्युनिष्ट पार्टी नेकपाको विघटनपछि माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।