एमाले माधव पक्षद्धारा काठमाण्डौं जिल्लामा बसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा

२२ चैत्र, काठमाण्डौ । नेपाल एमाले को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काठमाडौं जिल्लामा समानान्तर कमिटी घोषणा गरेको छ ।

काठमाण्डौको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रमबाट बसन्त मानन्धरको नेतृत्वमा उक्त समूहले जिल्ला कमिटी घोषणा गरेको हो ।

मानन्धर बागमती प्रदेश सभाका सांसद हुन् ।

कार्यक्रममा नेताद्वय खनाल र नेपाल पनि उपस्थित थिए । एमालेको काठमाडौं जिल्ला अध्यक्षमा केपी शर्मा ओली समूहका कृष्ण राई छन् ।

अध्यक्ष ओलीले नेपाललगायत अन्य ३ नेताहरूलाई पार्टीबाट निलम्बन गरेपछि खनाल–नेपाल समूहले समानान्तर कमिटी बनाउन सुरू गरेको हो ।

यसअघि उक्त समूहले विभिन्न जिल्ला र भातृ संगठनहरूमा समानान्तर कमिटी गठन गरिसकेको छ ।