पौडेल महन्थ निवासमा

२२ चैत्र,काठमाडौं । नयाँ सरकारको समिकरण बनाउने दौडधुपकै क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई भेट्न हात्तीवन पुगेका छन् ।

नेता पौडेल ठाकुरको निवासमा पुगेर पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बुझिएको छ ।
पौडेल ठाकुरलाई भेट्न बिहान साढे ९ बजे हात्तीवन पुगेका थिए । उनीहरूबीच करिब आधा घन्टा कुराकानी भएको थियो ।
कांग्रेसले केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने गरी अग्रसरता लिने निर्णय गरेको थियो ।

उक्त निर्णय भएको दुई दिनपछि पौडेलले आज ठाकुरसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच गठबन्धन बनाएर अगाडि जाने विषयमा छलफल भए पनि कुनै औपचारिक सहमति नभएको बताए ।