घरमै बसेर बैकिङ कारोबार, सहित फाइदा पनि

कदर समाचार
२३ चैत, काठमाण्डौं । कोरोना भाइरसका महामारीका कारण विश्वभरीका मानिसहरु आफ्ना सबै काम विर्षेर यतिबेला घरभित्रै आफूलाई एक्लै पारेर (आइसोलेसन) बसिरहेका छन् ।
महामारीको रुपमा रहेको कोरोना भाइसरबाट जोगिने र फैलिनबाट कम गर्न सामाजिक दुरी कायम गर्नु नै उत्तम उपाय भएको मेडिकल साइन्सका डाक्टरहरूले सुझाएसँगै मानिसहरू अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् ।
अनि तपाईं आफ्नो बैंकिङ आवश्यकता पूरा गर्न के गर्दै हुनुहुन्छ? अहिले बैंकमै नगई बैंक सम्बन्धी धेरै काम घरबाटै गर्न सकिन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।
तपाईले बैंक नगई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा बैंकको वेबसाइट जस्ता डिजिटल बैंकिङका माध्यम प्रयोग गरेर धेरै सुविधा लिन सक्नुहुनेछ ।
यसरी बैंकिङ सेवा दिने बैंक तथा वित्तीय संस्थाको सूचीमा एनआईसी एशिया बैंक पनि अगाडि देखिन्छ ।
घरमै बसेर गर्न सकिने बैंकिङ कारोबार के–के हुन् । र बैंकले प्रदान गरेको डिजिटल बैंकिङ सेवाको बारेमा यहाँ चर्चा गरिएको छ ।
मोबाईल बैंकिङबाटै निःशुल्क गर्न सकिन्छ यी काम
पछिल्लो समय डिजिटल बैंकिङलाई प्रथमिकता दिँदै अघि बढेको एनआइसी एशिया बैंकले आफ्ना ग्राहकलाई घरबाटै कारोबार गर्न सकिने गरी विभिन्न सुविधा उपलब्ध गराएको छ । मोबाइल बैंकिङमार्फत निम्न कारोबार बिना कुनै अतिरिक्त शुल्क तिर्न सक्नेछन् ।
विद्युत, खानेपानी महसुल, स्कुल फि, इन्टरनेट शुल्क, हवाईजहाजको टिकट, नेपाल टेलिकम, एनसेल, स्मार्टसेल टपअप गर्नुका साथै डिसहोम लगायत विभिन्न केबल टिभीको रिचार्ज गर्न
एनआइसी एशिया बैंकबाट अन्य बैंकमा रकम ट्रन्सफर तथा एनआइसी बैंककै अन्य खातामा रकम ट्रान्सफर
इन्स्योरेन्सको प्रिमियम भुक्तानी
फोनपे, ई–सेवा अथवा कुनै पनि बैंकको क्यूआर कोर्ड स्क्यान गरी रकम भुक्तानी
खातामा भएको मौज्दात जाँच गर्न
क्रेडिट कार्डको बिल भुक्तानी
गुगल नक्साको सहायताबाट आफ्नो नजिकैको एटिएम तथा शाखाको स्थान पत्ता लगाउन
प्रत्येक दिनको विदेशी विनिमय दरको जानकारी
डेबिट तथा क्रेडिट कार्ड हरायो वा चोरी भए तत्कालै बन्द गर्न
डेबिट र क्रेडिट कार्डमा अनलाईन पेमेन्ट गर्न रजिष्ट्रेसन अनुरोध गर्न
चेकबुक बनाउने निर्देशन दिन
मिनिस्टेटमेन्ट
ई–सेवा, खल्ती आदी वालेट लोड गर्न
बैंकबाट उपलब्ध यी सेवा प्रयोग गरेबापत ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन । बरु बैंकले डिजिटल सेवा मार्फत भुक्तानी गर्दा रकम फिर्ताको सुविधा ल्याइरहेको हुन्छ । जस्तै, पहिलो पटक मोबाइल बैंकिङ मार्फत विजुलीको महसुल भुक्तानी गर्दा बैंकबाट ५ प्रतिशत वा बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सक्नेछन् ।
यतिसँगै बैंकको प्रत्येक शुक्रबार बेलुका ८ बजेदेखि अर्काे बिहान ८ बजेसम्मको ह्याप्पी आवरमा मोबाइल बाट भुक्तानी गर्दा ५ प्रतिशत रकम फिर्ता, टपअप रिचार्ज गर्दा ३ प्रतिशतसम्म रकम फिर्ता जस्ता थुप्रै फाइदा छन् ।

ग्राहकले मोबाईल बैंकिङ मार्फत दैनिक एक लाख रुपैयाँसम्म मात्रै भुक्तानी गर्न सक्नेछन् भने हरेक महिना अधिकतम १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।
इन्टरनेट बैकिङ्ग मार्फत यी काम घरमै बसेर निःशुल्क गर्न सकिन्छ
एन आई सी एशिया बैंकबाट अन्य बैंकमा रकम ट्रन्सफर तथा एन आई सी एशिया बैंककै अन्य खातामा रकम ट्रन्सफर
खाताको विवरण हेर्न
डिम्याट खाताको जानकारी पाउँन
नेपाल टेलिकम, एनसेल, स्मार्टसेल टपअप गर्नुकासाथै डिसहोम लगायत विभिन्न केबल टिभीको रिचार्ज गर्न
फोनपे, ई–सेवा अथवा कुनै पनि बैंकको क्यूआर कोर्ड स्क्यान गरी रकम भुक्तानी
क्रेडिट कार्ड पेमेन्ट
ब्यालेन्स सर्टि्फिकेट अनुरोध गर्न
खाताको स्टेटमेन्ट अनुरोध गर्न
समयावधी, रकम तथा खाता निश्चित गरी भुक्तानी गर्न सेडिउल पेमेन्ट गर्न
यसरी घरमै बसेर इन्टरनेट बैंकिङ मार्फत समेत बैंकका धेरै कारोबारहरु गर्न सकिने सुविधा एन आई सी एशिया बैंकले दिएको छ। इन्टरनेट मार्फत रकम भुक्तानी (मर्चेन्ट पेमेन्ट) गर्दा ग्राहकले दैनिक १० लाख रुपैयाँ तथा मासिक ३० लाख रुपैयाँ सम्मको कारोबार गर्न सक्नेछन् ।
यस्तै, इन्टरनेट बैंकिङ मार्फत खातामा प्रतिदिन १० लाख रुपैयाँ र मासिक ५० लाख रुपैयाँ रकम हस्तान्तरण गर्न सकिने सुविधा एन आई सी एशिया बैंकले उपलब्ध गराएको छ ।
वेवसाइटबाट लिन सकिने सुविधाहरुः
प्रायः हामीलाई बैंकको एउटा वेवसाइटबाट के नै सेवा वा सुविधा लिन सकिन्छ भन्ने लाग्छ त्यसैले हामी त्यसको वास्तानै गर्दैनौं। तर एक पटक हेर्नुहोस् त, त्यो वास्तवमा ग्राहकको सुविधा तथा फाइदाको लागि नै तयार गरिएको हुन्छ। बैंकमा पुगेर गर्नुपर्ने कतिपय कामहरु वेवसाइटबाटै गरी समयको बचत समेत गर्न सकिन्छ। एन आई सी एशिया बैंकको वेवसाइटबाट ग्राहकले के के फाइदा तथा सुविधा लिन
सक्नेछन् ।
अनलाईन खाता खोल्ने सुविधा, जसले गर्दा ग्राहकको बैंक सम्म जाने समयको बचत हुन्छ ।
कुन खाता खोल्दा कति फाइदा हुन्छ भन्ने जानकारी लिन विनिफिट म्यापिङक्यालकुलेटर प्रयोग गर्न सकिन्छ । यो क्यालकुलेटरको प्रयोगले ग्राहक आफूलाई
कुन खाता खोल्दा कती फाइदा हुन्छ भन्ने जानकारी लिई सोही अनुसार खाता खोल्न सक्नेछन् ।
अनलाईनबाट मुद्दती निक्षेप खाता खोल्न
बैंकले मर्चेन्ट (रेस्टुरेन्ट, सपिङ सेन्टर, अस्पताल आदी) सँग मिलेर प्रदान गर्ने छुट तथा अफरको जानकारी लिन ।
विभिन्न प्रकारका कर्जाको योग्यता जाँच गर्नुको साथै इएमआईबारे जानकारी लिन तथा अनलाईन आवेदन दिन
क्रेडिट कार्डको योग्यता जाँच तथा अनलाईन आवेदन दिनई–कमर्स रजिस्ट्रेसन
बैंक ग्यारेन्टिको योग्यता बारे जानकारी लिन
ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न खाताको स्टेटमेन्ट अनुरोध गर्न
आफू नजिकको शाखा तथा एटिएमको लोकेसन हेर्न
डेबिट तथा क्रेडिट कार्डको बारे जानकारी
बैंक प्रतिनिधिसँग च्याट मार्फत विभिन्न जानकारी लिन
विभिन्न सेवा सुविधा लगायत त्यससँग सम्बन्धीत शुल्कहरुको जानकारी लिन प्रत्येक दिनको विदेशी विनिमय दरको जानकारी
बैंकको बारेमा यस भन्दा अधिक जानकारी चहियो भने बैंकमै पुग्नु पर्दैन । बैंकको वेवसाइटबाट समेत धेरै जानकारीहरु ग्राहकले प्रप्त गर्न सक्नेछन्। यो बाहेक अहिलेको विषम परिश्थितीमा बैंकको कुन शाखा कति बेला खुल्ला हुन्छ भन्ने सम्मको जानकारी वेवसाइटबाट सजिलै प्रप्त गर्न सक्नेछन्। कुनै समस्या, चासो वा गुनसो भए ग्राहकले वेवसाइटमा रहेको च्याटबट प्रयोग गरी प्रश्न सोध्न समेत सक्नेछन् ।
डिजिटल कारोबारमा सुविधा मात्रै होइन, फाइदा पनि छ
ग्राहकलाई डिजिटल बैंकिङ प्रयोग गर्दा सुविधा मात्रै हैन अविश्वसनिय फाइदा पनि हुन्छ किनकि मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड जस्ता विद्युतीय माध्यम मार्फत भुक्तानी गर्दा बैंकले विभिन्न छुट तथा रकम फिर्ता लगायत योजनाहरु समेत उपलब्ध गराउदै आएको छ ।
मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड मार्फत वर्षमा ५० हजार भन्दा बढी कारोबार गर्दा ग्राहक महानुभावले न्यूनतम १५ हजार रुपैयाँ सम्म छुट पाउनेछन् । यस्तै, एन आई सी एशिया बैंकसँग आबद्ध भएका देशभरका २,४०० भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतबाट सेवा लिई डिजिटल माध्यमबाट भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट सुविधा समेत बैंकले उपलब्ध गराउँदै आएको छ ।