राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट्न डल्लुमा

२१ चैत्र, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट्न उनकै निवास आज डल्लु पुगेकी छिन् ।

राष्ट्रपति भण्डारी शनिबार इतिहासविद् डा. महेशराज पन्तको निवासमा पुस्तकालय उद्घाटन गर्न पुगेकी थिइन् । त्यसक्रममा राष्ट्रपति भण्डारी नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्य अवस्था बुझ्न उनको निवासमा पनि पुगेकी हुन् ।