कर्णाली प्रदेश माओवादी संसदीय दलको निर्णय : तत्काल विश्वासको मत नलिने

२१ चैत्र, सुर्खेत । कर्णाली प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले तत्काल विश्वासको मत नलिने निर्णय गरेको
छ ।

केही महिना अघि नेकपा एमाले ओली समूहका १० सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

ति सांसदले अविश्वास प्रस्ताव दर्ता गरे तापनि बहुमत नगुमेको भन्दै माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठकले तत्काल विश्वासको मत नलिने बताएको छ ।

बैठकले पछिका दिनको राजनीतिक परिस्थिति अनुसार हेर्दै जाने निर्णय समेत गरेको छ ।
माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठकले दैलेखबाट प्रतिनिधित्व गर्ने सांसद धर्मराज रेग्मीलाई पार्टी सदस्य र सांसदबाट हटाउने निर्णय गरेको छ । बैठकले उनको ठाउँमा रुकुमका सांसद रातो कामीलाई राखिएको पनि छ ।
रेग्मी संसदीय परामर्श समिति समितिमा थिए । त्यो ठाउँमा अब कामी रहनेछन् ।
रोग्मी माओवादी छोडेर एमाले केपी ओली समूहमा गएका थिए ।

यो निर्णय केही समयपछि प्रदेशसभामा टाँस गर्ने निर्णय भएको छ ।

यसैगरी, बैठकले प्रदेश प्रमुखले अविश्वास प्रस्तावबारे ध्यानाकर्षण पत्र पठाएर संविधानको उल्लंघन गरेको भन्दै खेद प्रस्ताव पारित गरेको छ । सरकार अल्पमतमा नपर्दै प्रदेश प्रमुखले विश्वासको मत लिन ध्यानाकर्षण पत्र समेत पठाएको छ ।