माधव नेपाल पक्षद्धारा ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ दुई महिने अभियान घोषणा

२१ चैत्र, काठमाण्डौ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले दुई महिने ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ । आज शनिबार कलंकीको मेघा ब्याङ्केटमा बसेको स्थायी कमिटी बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो ।