प्रधानमन्त्री कार्यालय रहेको भवनमा वैशाख १ देखि गृह मन्त्रालय सर्ने तयारी

२० चैत्र, काठमाण्डौ । साविकको प्रधानमन्त्री कार्यालय रहेको भवनमा वैशाख १ देखि गृह मन्त्रालयसर्ने भएको छ ।

२०७२ वैशाख १२ भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।

डेढ महिनाअघि सो भवनबाट प्रधानमन्त्री कार्यालय पुरानै स्थानमा सरेको थियो ।

हाल गृह मन्त्रालय रहेको केही भवनहरू पुनर्निर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने सरकारको तयारी छ ।