ओलीले गरेका बर्बादीका लागि म जनतासँग माफी माग्छु

१९ चैत्र, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले असीमित सत्ताभोगको अतृप्त तृष्णाले अध्यक्ष केपी शर्मा ओलीलाई आफू र आफ्ना मान्छेबाहेक केही नदेख्ने प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष ओलीले आज मात्र भुसालसँगै सुरेन्द्र पाण्डेलाई पार्टीे सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । त्यसतर्फ संकेत गर्दै भुसालले ओलीबारे सामाजिक सञ्जाल फेसबुकमा लेखका छन्, ‘‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो ।ओलीले पार्टीको गौरवको चीरहरण गरिरहेको भन्दै त्यसको सामना गर्ने भुसालले बताए ।

‘यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौं’ उनले लेखेका छन्, ‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु