सर्वोच्वको यो फैसला बेठकी छ तर हामी स्वीकार गछौं

प्रमुख सचेतक, देवप्रसा गुरुङ

१९ चैत्र, काठमाण्डौ । सर्वोच्व अदालतले एमाले र माओवादी ब्युँताउने फैसला पुनरावलोकनलाई अनुमति नदिने फैसला सुनाए पछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा नेता देव गुरुङले सर्वोच्वको यो फैसला बेठीक भएको बताएका छन् । यद्यपि उनले अदालतको फैसला स्वीकार गर्ने पनि बताएका छन् ।

संविधानले दल खोल्न पाउने स्वतन्त्रता प्रत्याभूत गरेको छ । तर, सर्वोच्च अदालतको यो निर्णयले दल सम्बन्धी गठन र पुनगर्ठन सवै अदालतले गर्ने भएपछि त, दलको के औचित्य रह्यो भन्ने आउँछ । संविधानले प्रत्याभूत गरेको दलसम्बन्धी अधिकार नै हनन् भयो भनेर अदालत गएको हो । पुनवरावलोकन नगर्ने भएपछि त्यो त बेठीक भयो भन्ने लाग्छ’ उनले
भने । नेता गुरुङले अदालतको फैसलाबारे छलफल गर्ने तर फैसलालाई स्वीकार गर्ने गुरुङले बताए ।