नेपालमा कोरोना भाइरस दोस्रो चरणमा प्रवेश

कदर समाचार
२२ चैत, काठमाडौं । कोरोना भाइरसले नेपालको सुदूरपश्चिम प्रदेशको कैलालीको घटनासंगै बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसमा सरेको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई भाइरस संक्रमणको दोस्रो चरणको रुपमा परिभाषित गरेको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको दरलाई ४ चरणमा छुट्याएको छ । जसमा पहिलो चरण आयातीत संक्रमण हो जहाँ संक्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसबाट मुलुकमा भाइरस मुलुकमा भित्रिन्छ । आज भन्दा अगाडी नेपाल यहि चरणमा थियो, जहाँ विदेशबाट आएकामा मात्र भाइरसको संक्रमण देखिएको थियो ।
दोस्रो चरण भनेको स्थानीय रुपमा संक्रमण फैलिनु हो। अर्थात् बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसमा सर्न थाल्नु । नेपाल अब संक्रमणको दोस्रो चरणमा पुगेको छ ।
तेस्रो चरणमा संक्रमण सामुदायिक रुपमा फैलिन्छ । यो चरणमा संक्रमित वा विदेशबाट आएका मानिससँग नभेटेकाहरुमा पनि संक्रमण हुन थाल्छ । चौथो तथा अन्तिम चरण महामारी हो । यो संक्रमणको सबैभन्दा खराब अवस्था हो यो यसमा भाइरसको प्रकोप रोक्न निकै कठिन
हुन्छ । यो चरण अधिकमात्रामा संक्रमितको संख्या स्थानीय रुपमा फैलिँदै जानु हो ।