माक्स लगाउनु स्वैच्छिक हो तर म माक्स लगाउदिन – डोनाल्ट ट्रम्प अमेरकी राष्ट्रपति

कदर समाचार
२२ चैत, काठमाडौं । विश्वभरी कोरोना भाइरसले ज्यादति नै गरेको अवस्थामा अमेरिकका कोरोना भाइरसबाट पनि दिनदिनै मर्नेको कमी भने छैन । यसैको ख्याल गर्नका लाग त्यहाँको नयाँ स्वास्थ्य निर्देशनले अमेरिकी नागरिकहरूलाई अनुहारमा मास्क लगाउन सुझाव दिएको भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मास्क नलगाउने बताएका छन् ।
हिजो शुक्रबार जारी गरिएको मार्गनिर्देशन स्वैच्छिक भएको उनको भनाइ छ । उनले मास्क लगाएर ’राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानी’ लाई आफूले ’ओभल अफिस’मा सम्बोधन गरिरहेको हेर्न नसक्ने भएकाले मास्क नलगाउने बताए ।
’तपाईंहरूले गर्नुपर्दैन’, उनले भने, ’मलाई लाग्दैन कि मैले पनि गर्नेछु । अमेरिकाको सरकारी स्वास्थ्य सल्लाहकार विभाग ’रोग नियन्त्रण तथा रोकथाम केन्द्र’ ले कोरोना संक्रमणलाई ध्यानमा राख्दै आफ्ना नागरिकहरूलाई मास्क लगाउने सुझाव दिएको छ ।
अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट ७ हजार जनाको मृत्यु भएको छ भने २ लाख ७० हजार बढीमा यसको संक्रमण पुष्टि भइसकेको
छ ।
अमेरिकी स्वास्थ्य निकायहरूले संक्रमित, कोरोना संक्रमितको उपचार र हेरचाहमा संलग्नले मात्र मास्क लगाउनुपर्ने बताउँदै आएका छन्। तर, नयाँ अध्ययनहरूले संक्रमण रोक्नका लागि मास्क लगाउनु महत्वपूर्ण देखाएको छ ।