पत्रकारहरुलाई राहत प्याकेज घोषणा गर्न महासंघको माग

कदर समाचार
२२ चैत, काठमाडौं । कोरोना भाइरले गर्दा नेपाल अहिले लकडाउनको अवस्थामा छ । त्यसैको कारणले प्रकाशन भइरहेका सबै खालका पत्रिका बन्द अवस्थामा रहेका छन् भने पत्रकार पनि घरमै लकडाउन गरेर बस्ने अवस्था आएको छ । रिर्पोटङका जाऊ ज्यानको जोखिम छ नजाऊ पेशा नै पत्रकारिता छ दोधारमा रहेका पत्रकारलाई गलाको पासो भएको भएपनि पत्रकारहरुले आफ्नो ज्यानलाई जोखिमलाई राखेर आफ्नो पत्रिकारिता धर्मलाई सर्वोपरी ठान्दै लकडाउनको बेला पनि हरपल समाचार रिर्पोटिङ गरिरहेका छन् हो त्यस्ता पत्रकारहरुलाई र स्वरोजगारी मुखी मिडियाले पनि पत्रिका प्रकाशन गर्न नपाएर चपेटामा रहेका पत्रकारलाई नेपाल पत्रकार महासङ्घ काठमाडौँ, ललितपुर, भक्तपुर शाखाले बन्दाबन्दीको समयमा कार्यक्षेत्रमा खट्ने सञ्चारकर्मीलाई विशेष बीमासहित निःशुल्क उपचार, श्रमजीवि पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा माग गरेका छन् ।
काठमाडौँ शाखा अध्यक्ष शान्तराम बिडारीले जोखिम मोलेर कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीले राहत प्याकेजको माग गरेको जानकारी दिए । उनले पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी मिडियालाई पत्रिका प्रकाशन हुन नसकेको अवस्थामा पनि सरकारले दिने सहुलियत यथावत् कायम राख्नसमेत माग गरेको बताए ।
कोभिड–१९ को कारणले साप्ताहिक, पाक्षिक पत्रिका बन्द अवस्थामा रहेका छन् ।