बाग्लुङ, कैलाली र कञ्चनपुरमा र्यापिङ टेष्ट गरिने

कदर समाचार
२२ चैत, काठमाडौं । सरकारले तीन जिल्लामा र्यापिड टेस्ट गर्ने भएको छ । आज शनिबार बसेको मन्त्रीपरिषद् बैठकले बाग्लुङ, कञ्चनपुर र कैलालीमा र्यापिड टेस्ट गर्ने भएको छ ।
तत्काल परीक्षण नभएको कारण अर्को व्यक्तिलाई नसरोस् भनेर अहिलेलाई ३ जिल्ला र्यापिड टेस्ट गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । हालसम्म ९ जना संक्रमित देखिएकोमा यी ३ जिल्लामा देखिएको छ ।