प्रतिनिधि सभाको बैठक बस्दै सम्भावित कार्यसूची तय यस प्रकार छ

१८ चैत्र, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आजको बैठक बस्दैछ । आज दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्नेछ । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् ।

आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छन् ।

साथै विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छन् । विभिन्न समितिका सभापतिले वार्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सरकारले बिजनेश नदिएको आरोप छ । संसदलाई प्रभावकारी बनाउन केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुराकानी पनि गरेका थिए ।