महासङ्घको वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद नेपाल, महिला उपाध्यक्षमा दाना केसी सुवेदी, समावेशी उपाध्यक्षमा अवधेश झा, महासचिवमा बालकृष्ण बस्नेतले उम्मेदवारी दिएका छन् । यस्तै खुला सचिवमा रामकृष्ण ज्ञवाली, महिला सचिवमा निमा काफ्ले, मधेशी सचिवमा श्वेता सिन्हा, आदिवासी जनजाति सचिवमा शाहीमान राई, दलित सचिवमा मधु शाही, एशोसियट सचिवमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्णा गिरी र लेखा समितिको संयोजकमा द्वारिका काफ्लेले उम्मेदवारी दिएका छन् ।
महासङ्घका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले यसपटक महिला उम्मेदवारलाई विजय गराउन आग्रह गरे । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले शर्माको नेतृत्वमा रहेको प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानललाई जिताउन आग्रह गरे । अन्य सदस्यको उम्मेदवारी भने पछि घोषणा गर्ने प्रेस चौतारीका अध्यक्ष बस्नेतले जानकारी दिए ।