सेयर बजार दोहारो अंकले बढ्यो

१७ चैत्र, काठमाडौं । हिजो ५ अंकले घटेको सेयर बजार आज भने दोहारो अंकले बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव १५ अंकले बढेर २ हजार ५ सय ७५ दशमलव ६६ अंकमा पुगेको छ ।

हिजो ४ अर्ब ४१ करोड हाराहारीमा मात्रै सेयर कारोबार भएको थियो । दिनभर भएका ६८ हजार ६ सय ४५ कारोबारबाट २०९ कम्पनीका १ करोड २२ लाख ९ हजार ९ सय ७६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४ सय ९८ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनकारी गरेको छ ।

नेप्सेमा कारोबार हुने व्यापार र उत्पादन समूहको सबइन्डेक्स भने घटेर रातो देखिएको छ भने बाँकी सबै समूहहरु बढेर हरियाली छाएका छन् । आज धेरै कमाउनेमा वोमी माइक्रोफाइनान्स पहिलो नम्बरमा देखिएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १०३ रुपैयाँले बढेको छ । यसैगरी धेरै कमाउनेमा सगरसानिमा जनरल इन्स्यारेन्स, जनरल इन्स्यारेन्स कम्पनी, अजोड इन्स्यारेन्स कम्पनी लगायत कारोबार रकमका आधारमा अग्रस्थानमा देखिएका छन् । यी कम्पनीहरुको ९ प्रतिशत भन्दा धेरैले सेयर मूल्य बढेको छ ।